कबिलासिमा बसले साइकललाई ठक्कर दिँदा एक जना घाइते, स्थानीयद्वारा बसमा आगजनी

by

in

गोडैता – सर्लाहीको कबिलासिमा साइकललाई ठक्कर दिने बसमा स्थानीयले आगलागी गरेका छन।

आज बिहान मलंगवातर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतो सवार साईकललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट स्थानीय महतो गम्भीर घाइते भएका छन्। घाइते महतोको उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि काठमाण्डौ रिपर गरिएको प्रहरीले जनाएको छ।

बसमा स्थानीयले आगजनी गरेको र बसका चालक भने प्रहरीको नियन्त्रणमा नरहेको तथा खोजि तथा घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *