धनुषाका एक युवक प्रेमिकासंगै दुई वर्ष बसेर अर्कैसंग विहे गरेपछि भारतीय युवती जनकपुरमा

by

in

टुडेपाटी-
जनकपुरधाम, फागुन २४ गते ।

धनुषाका एक युवकसँग ‘लिभ इन रिलशनशीप’ मा बसिरहेकी एक भारतीय युवतीले आरोप लगाएकी छन् । हंसपुर नगरपालिकाका कृष्णकुमार मण्डलले दुई वर्षसम्म लिभ इन रिलेशनमा बसेर आफुलाई धोका दिएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् ।

भारतको झारखण्ड राज्यको दक्षिणी सिंहभ्रुम ग्राम चिरिया पञ्चायत बस्ने २४ वर्षीया ती युवतीले युवक कृष्णमाथि आफुमाथि अन्याय गरेको भन्दै न्याय खोज्न जकपुरधाम आइ पुगेकी हुन् । उनले बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएकी हुन् ।

Sponsored

प्रेमी कृष्णले धोकाधडीसँगै नागरिकको स्मितासँग खेलवाड गरेको भन्दै गत फागुन १८ गते ती युवतीले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा निवेदन दिएकी छन् । ती युवतीका अनुसार करिब पाँच वर्षअघि समाजिक संजाल फेसबुकमा दुबैजनाको भेट भएको थियो । विस्तारै मित्रता प्रगाढ हुँदै गयो ।
ती युवती नर्स पढ्दै थिइन् भने कृष्णले फार्मेसी पढ्दै थिए । मित्रता प्रेम समबन्धमा बदलियो । दुबैजना निरन्तर भेटघाट गर्न थाले । तर होस्टेलमा बसिरहँदा दिनदिनै भेटघाट गर्न दुबैजनालाई अप्ठ्यारो हुन थाल्यो ।

‘उनले विवाहै गर्ने प्रमिस गरेपछि हामी चिनजान भएको तीनवर्षपछि लिभइनमा बस्न थाल्यौँ । त्यस बीचमा म दुई पटक गर्भवती भएँ । कृष्णले जबर्जस्ती मलाई गर्भपतन गर्न लगाए । जबकी म कुनै हालतमा बच्चा जन्माउन चाहन्थे । तर उनले पछि बच्चा लिउँला भनेर मलाई गर्भपात गराउन बिबस बनायो,’ ती युवतीले दुखेसो पोखिन् ।

युवतीका अनुसार ६ महिनाअघि कृष्ण आफन्तलाई भेट्न भन्दै आफ्नो घर फर्केका थिए । प्रेमिकालाई केहीदिनमै फर्किन्छु भनेर आश्वासन दिएका उनी फेरि फर्केनन् । तर युवतीसँग घरमा रहँदा समेत कृष्णले निरन्तर कुराकानी गरिरहे । तर त्यहीँ बिचमा उनले आफ्नो विवाहको समेत तयारी गर्दै थिए ।
गत फागुन १४ गते कृष्णले विवाह गरेको युवतीको भनाइ छ । यस विषयमा बुझ्न हामीले कृष्णलाई कैयन पटक फोनसम्पर्क गर्ने प्रयास गर्यौ । तर उनको मोबाइलमा फोन लागेन ।