पति अभिषेक बच्चनलाई माया गर्दिनन् ऐश्वर्या राय!

by

in

बलिउड अभिनेता अभिषेक बच्चन र उनकी श्रीमती अभिनेत्री तथा पूर्वमिस वर्ल्ड ऐश्वर्या रायबीचको सम्बन्धमा चिसोपन आएको खबर लगातार आइरहेका छन्।

सम्बन्धविच्छेदका खबरमा दुवैले अहिलेसम्म कुनै प्रतिक्रिया नदिए पनि यो जोडी अहिले आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छ।

ऐश्वर्या राय र अभिषेक बच्चनबीच विवाह

बलिउडमा प्रवेश गरेपछि ऐश्वर्या रायको नाम धेरै मानिससँग जोडिएको थियो। पहिले उनी सलमान खानसँग सम्बन्धमा थिइन्। यो प्रेमकथाको अन्त्य निकै पीडादायी थियो। यसपछि ऐश्वर्या राय अभिनेता विवेक ओबेरोयसँग अफेयरमा रहिन्। तर त्यो सम्बन्ध पनि छिट्टै टुट्यो। अन्ततः ऐश्वर्या रायले सन् २००७ मा अभिषेक बच्चनसँग विवाह गरिन्।

अभिषेकबारे ऐश्वर्याको खुलासा

सन् २०१६ मा करण सिंह छाबडाको शोमा ऐश्वर्या रायले अभिषेक बच्चनसँग विवाह भए पनि उनी उनको क्रस कहिल्यै नभएको खुलासा गरेकी थिइन्। विवाहअघि ऐश्वर्या राय र अभिषेक बच्चनले धेरै फिल्ममा सँगै काम गरेका थिए तर उनीहरूबीच प्रेम हुन सकेन।

‘मेरा श्रीमान् अभिषेक मभन्दा कान्छो हुनुहुन्छ’

उक्त शोमा जब ऐश्वर्या रायलाई आफूभन्दा कान्छो कुनै कलाकारसँग क्रस छ कि भनेर सोधियो तब अभिनेत्रीले निकै साहसका साथ जवाफ दिइन्। ऐश्वर्या रायले भनेकी थिइन्– मेरा पति अभिषेक बच्चन उमेरमा मभन्दा कान्छा हुनुहुन्छ, उहाँसँग त म क्रस भइनँ भने अरू कसैसँग कसरी हुन्छ?

ऐश्वर्या रायले आफूले अभिषेकलाई कहिल्यै माया नगरेको स्पष्ट पारेकी थिइन्। यो केवल एक मित्रता थियो, जुन दुवैले निर्वाह गरेको उनले बताइन्।

पहिलो भेट सन् २००० मा

अभिषेक बच्चन र ऐश्वर्या रायले सन् २००० मा रिलिज भएको फिल्म ‘ढाई अक्षर प्रेम के’मा पहिलोपटक सँगै काम गरेका थिए। यो फिल्मको फोटोसुटका क्रममा उनीहरूबीच पहिलोपटक भेट भएको थियो। तर, फिल्म ‘धूम २’ को सुटिङका ​​क्रममा यी दुईबीचको निकटता निकै बढेको थियो।