हमासको नियन्त्रणबाट अझै छुटेनन् कञ्चनपुरका विपिन

by

in

धनगढीः कञ्चनपुरका विपिन जोशी प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा परेको पाँच महिना पुग्नै लागेको छ।

नेपालको कूटनीतिक पहल नपुग्दा गत नोभेम्बरको संघर्षविराममा विपिन छुटेनन्। त्यसयता विपिनको अवस्था के छ भन्नेसम्म नेपाललाई थाहा छैन। आगामी सोमबार रमादानको अवसर पारेर फेरि युद्धविराम गर्ने तयारी भइरहेको छ, विपिनलाई छुटाउन सरकारले के पहल गरिरहेको छ? किन असफल भइरहेको छ विपिनलाई छुटाउने नेपालको कूटनीतिक प्रयास? इजरायल र हमासबिचमा गत नोभेम्बरमा भएको संघर्षविरामका क्रममा हमासले नियन्त्रणमा लिएका १ सय १० बन्दी रिहा भए।

cp
जसमा अधिकांश इजरायली थिए भने हमासले थाइल्यान्ड र फिलिपिन्सका नागरिकलाई समेत रिहा गरेको थियो। तर, त्यतिखेर विपिन जोशी छुट्ने सूचीमा परेनन्। विपिनका परिवारले उनको मुक्तिका लागि आवश्यक पहल गरिदिन आफैँ र सरोकारवाला निकायमार्फत नेपाल सरकारलाई निरन्तर दबाब दिँदै आएका छन्। इजरायल र हमासबिच फेरि युद्धविराम होला र छोरा फर्केलान् भन्ने आशामा परिवार बाटो हेरिरहेका छन्। संघर्षविरामका बेला अन्य मुलुकका नागरिक छुट्दा पनि विपिन जोशी नछुट्दा नेपालको कूटनीतिक क्षमतामाथि नै प्रश्न उठेको छ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *