यति राम्री रहिछन हिजो चोरिएकी नानि, यसरि मागेकी रहिछन बच्चा-

by

in

काभ्रेपलान्चोक चौंरीदेउराली गाउँपालिका-३ माझिफेदाकी २२ वर्षीया सविना श्रेष्ठ शुक्रबार बिहान ११ बजेतिर जेठानीको साथमा ओपीडी चेकजाँचका लागि काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पताल पुगेकी थिइन् । छोरीको एक्सरे गराएर उनी अस्पताल बाहिर घाममा तापिरहेका बेला अपरिचित महिला आएर भनिन्, ‘एकैछिन बच्चा दिनु न । बच्चा देखायो भने रिपोर्ट दिन्छ । म रिपोर्ट लिएर आउँछु ।’

त्याे बेला सविनाकी जेठानी अस्मिता श्रेष्ठ रिपोर्ट लिन अस्पतालभित्र थिइन् । रिपाेर्टका लागि एकैछिन शिशु मागेकी ती महिला त्यहीँबाट गायब भइन् । त्यसपछि शिशुका बुबा पुजन श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए ।

निवेदनपछि प्रहरीले सीसीटीभी फुटेज झिकाएर खोजी सुरु गरेको थियो । खोज्ने क्रममा प्रहरीले सीसीटीभीमा देखिएकी महिलाको पिछा गरेको थियो । ती महिला थिइन्, दैलेख घर भएकी मनकुमारी सिंह ।

प्रहरी डेरामा पुग्दा मनकुमारी हालसालैको सुत्केरीजस्तो अवस्था बनाएर बसेकी थिइन् । यो कार्यमा उनलाई श्रीमान् र दिदीले समेत सघाएका थिए । उनीहरूले बच्चालाई आफैंले जन्म दिएको दाबी गरेका थिए ।

सीसीटीभीमा मनकुमारीलाई चिनिसकेको प्रहरीले त्यसपछि उनीसहित श्रीमान् र दिदीलाई पनि नियन्त्रण गरेको हो ।

प्रहरीसँग मनकुमारीले बताएअनुसार, तीन वर्षसम्म आमा बन्न असफल भएपछि उनले शिशु चोर्ने योजना बनाएकी हुन् । शिशु चोरीमा उनलाई सघाउने श्रीमान नरेन्द्र र दिदी शारदा शाहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *