काठमाडौँ जाँदै गरेको बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते

by

in

हिमाली आवाज । काठमाडौँ जाँदै गरेको यात्रु बाहक बस दुर्घटनामाा ठूलो मानवीय क्षति भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२००१ ख ००९८ नम्बरको बस बिहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।

दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण (पहिचान) आइसकेको छैन ।

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनभुयो ।