कञ्चनपुरमा ‘देवी’ आएकी विद्यार्थीलाई शिक्षकले कुटे

by

in

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा रहेको समैजी माध्यामिक विद्यालयका एक विद्यार्थीमाथि सोहि विद्यालयका एक शिक्षकले कुटपिट गरेका छन्।

Beheda Baba
कक्षा १० मा अध्ययनरत विद्यार्थी एलिसा खड्कामाथि सोही विद्यालयका शिक्षक लोकबहादुर खड्काले कुटपिट गरेका हुन्। उक्त घटना माघ २२ गते (सोमबार) भएको थियो। विद्यालयमा टिफिनको बेला एक्कासि ‘देवी’ काँप्दै एलिसा विद्यालय नजिकै घर भएका शिक्षक लोकबहादुरको घरमा पुगेकी थिइन्। त्यहाँ पुगेपछि एलिसाले काँप्दै मेरो मन्दिर किन भत्काएको भन्न थालेपछि शिक्षक लोकबहादुरले ‘हाक’ (धामी) आएको भन्दै कुटपिट गरेको स्थानीयले बताएका छन्।

cp
विद्यार्थीमाथि कुटपिट भएपछि विद्यार्थी आन्दोलित भएका थिए। उनीहरूले घटनालाई थामथुम पार्न नगरपालिका, शिक्षक, प्रहरी सबै लागेको भन्दै मंगलवार नगरपालिका पुगेरै विरोध समेत गरेका थिए। विद्यार्थीलाई सम्झाउने किसिमले शिक्षकले हात उठाएको र घटनाको मेलमिलाप भइसकेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ।