रुखबाट खसेर घाइते नजिराको उपचारका लागी २ लाख ६२ हजार आर्थिक सहयोग

by

in

दमाैली । रुखबाट खसेर घाइते भएकी तनहुँको भानु नगरपालिका वडा नम्बर १३ अठभैयाकी नजिरा खातुनको उपचारका लागी आर्थिक सहयोग संकलन सुरु गरिएको छ ।

खातुन गत माघ १५ गते घाँस काटने क्रममा रुखबाट चिप्लिएर खस्दा घाइते भएकी थिइन । खातुनको टाउकोमा गम्भीर चोट लागेको हुँदा उपचारको लागी सहयोग उठाउने सुरु गरिएको सो अभियानका संयोजनकर्ता मोहम्मद गफ्फार (गोफ्ले)ले जानकारी दिए ।

खातुनको अहिले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । उनको उपचारमा सहयोग पु¥याउन मुस्लिम समुदायले २ लाख ६२ हजार ८५१ जुटाएका छन् ।

सो रकम शुक्रबार अस्पतालमा पुगेर घाइतेकी नातिनी रविना मियाँलाई हस्तान्तरण गरिएको छ ।

दमौली मुस्लिम अन्जुमन कमिटीका उपाध्यक्ष रम्जान अलि, मुस्लिम युवा अयुब मियाँ, सुदीप गफ्फार, मुस्ताफा मियाँ, खालिद अली र मुन्नी खातुनले अस्पतालमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सो रकम मध्य दमौली मुस्लिम समाजका युवाहरुको पहलमा १ लाख ७१ हजार ९५५, नुर मुस्लिम महिला समूहको पहलमा ७५ हजार ८९६, दमौली मुस्लिम अन्जुमन कमिटीबाट २० हजार गरी कूल २ लाख ६२ हजार ८५१ सहयोग जुटाइएको हो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *