फिल्ममा असफल देखिएकी अदिती ग्ल्यामरमा सफलै सफल (फोटो फिचर )

News

नायिका अदिती बुढाथोकी होम प्रोडक्सनको फिल्म ‘बाबरी’ पछि कुनै पनि फिल्ममा अनुबन्धित छैनन् । यो फिल्म बक्सअफिसमा असफल भएपछि मुम्बईतिर लागेकी अदितीले यो बीचमा एक हिन्दी गीतको म्यूजिक भिडियोमा अभिनय गरिन् ।

अहिले यिनै अदिती माल्दिभ्समा पुगेर आफ्नो ग्ल्यामर अवतारमा प्रस्तुत भएकी छन् । हुन त माल्दिभ्स विशेषत बलिउडका कलाकारका लागि हनिमुन र छुट्टी मनाउने उत्कृष्ट गन्तव्य हो । अहिले यो स्थान नेपाली कलाकारका लागि पनि गन्तव्य बन्दै गएको छ ।

अदितीले आफूलाई ग्ल्यामर रुपमा प्रस्तुत गरेको यो पहिलोपटक भने होइन । फिल्म लाइनमा आउनुअघि उनका धेरै ग्ल्यामर फोटोसुट गराउनुका साथै ती तस्वीर सामाजिक सञ्जालमा पनि राख्दै आएकी छन् ।

अदितीले नेपाली फिल्म ‘कृ’बाट नेपाली रजतपटमा पाइला चालेकी हुन् । यसपछि उनले ‘बाबरी’मा काम गरिन् । तर उनले चर्चा भने फिल्मभन्दा बढी ग्ल्यामरबाट नै पाइरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *