छोरीहरुले थाहा नपाउन् भनेर ‘चम्सुरी’ले रोग लुकाएकी थिइन्

by

in

उनका दुई छोरी छन् । निरौलाले शनिबार टिचिङ अस्पताल पुगेर उनको अवस्थाका बारेमा जानकारी लिँदै सामाजिक मार्फत सार्वजनिक गरेकी थिइन् । दिपाश्रीले लेखेकी छिन् ‘कलाकार पल्पसा डंगोल हाम्री चम्सुरी टिचिङ हस्पिटलमा किड्नीमा समस्या भएर ३०५ नम्बर बेडमा छिन् । हामी सबै मिलेर साथ र सु–स्वास्थ्यको कामना गरौं ।’

आएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् । आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पल्पसाले शनिवार निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलालाई एसएमएसमार्फत आफ्नो अवस्थाका बारेमा जानकारी गराएपछि उनको स्वास्थ्य समस्यावारे सार्वजनिक भएको थियो ।

दिपाश्रीका अनुसार पाँच वर्षअघि पनि पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । तर, छोरीहरुले थाहा नपाउन् भनेर आफ्नो रोग लुकाउँदै आएकी थिइन् ।काठमाडौं : हाँस्य टेलिश्रृङखला ‘मेरी बास्सै’बाट चर्चामा आएकी हास्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ दुवै मिर्गौला फेल भएपछि उपचारको लागि अस्पताल भर्ना भएकी छन् । उनको हाल त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ । एक महिनाअगाडि स्वास्थ्यमा समस्या