हरुदेवीका दुःख, छोरी मानसिक रोगी, नातिलाई खुवाउन अन्न छैन

by

in

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीकी हरुदेवी बिष्टका श्रीमान वितेको १२ बर्षभन्दा बढी भइसक्यो।

Beheda Baba
सन्तानको नाममा एक छोरी छन्। छोरीको बिहेपछि केही सुख पाउने आशा गरेकी हरुदेवी अहिले झनै समस्यामा परेकी छन्। छोरीको बिहेपछि हरुदेवीका ज्याँइले छोरीको खासै वास्ता गरेनन्। जसका कारण छोरीलाई बिहेपछि पनि आफैसँग राखेर पाल्नुपर्ने जिम्मेवारी हरुदेवीको काँधमा आयो। भैंसीको दुध बेचेर जेनतेन गुजरा चलाउँदै आएकी हरुदेवीसँग अहिले भैंसी पनि छैन।

cp
ज्वाइले वास्ता गर्न छोडेपछि हरुदेवीकी छोरी पूजा बिष्ट मानसिक रोगी बनेकि छन्। हरुदेवीले आफूसँग भएको भैंसी बेचेर छोरीको उपचारमा लगाइन्। त्यो औषधिले न त छोरी स्वस्थ भएकि छन्, न त आय श्रोतको कुनै अर्को बिकल्प नै छ। ‘छोरीको उपचार गर्न भनेर सस्तैमा भैंसी बेचेँ आफ्ना दुःख पोख्दै हरुदेविले भनिन्, ‘त्यो पैसाले छोरीको रोग निको भएन, थप उपचार गर्न पैसा पनि छैन, अब त बिहान वेलुकाको छाक टार्न पनि नसकिने अवस्था भइसक्यो ।’

add
add
उनले छोरीको थप उपचारका लागि ऋण माग्न खोज्दा कसैले नपत्याउने गरेको सुनाईन्। ‘कसैलाई सहयोग मागौँ भने पत्याउँदैनन्, संघसंस्था तथा सरकारी निकाय कहाँ छन् थाहा छैन।’ उनले छोरीको उपचारका लागि सहयोगको अपिल गरेकि छन्। ‘डाक्टरले थप उपचारका लागि छोरीलाई भारतको बरेली लैजाउ भनेका छन्,’ उनले भनिन, ‘मसँग खाद्यान्न किन्ने पैसा पनि छैन, त्यसैले सवैलाई सकेको सहयोग गरिदिन अपिल गर्न थालेकी छु।’

Sonalika
हरुदेवीलाई छोरीसँगै नातिको पालनपोषण गर्ने अर्को भार थपिएको छ। ‘छोरीबाट एउटा नाति पनि छ,’ हरुदेवीले भनिन्, ‘छोरीको घरका मान्छेलाई लैजाऊ भन्दा लग्दैनन्, यहाँ मलाई उसलाई खुवाउन पनि समस्या भइरहेको छ।’ ‘घरमा अन्न छैन,’ हरुदेवीले भनिन्, ‘नत रोजगारी नै छ, छोरी रोगी छे, नातीलाई कति बेला कहाँ लगेर छोड्ने हो भन्ने चिन्ताले घर छोड्न पनि सकिदैन।’ बिष्टलाई केही सहयोग ९७६७३०६१४ मा सम्पर्क गर्न सकिन्छ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *