बारा : मृतक विद्यार्थीको परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमति

by

in

बारा । बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालय अगाडी पोलमा भर्‍याङ बनाउन राखिएको रडमा छेडिएर मृत्यु भएका विद्यार्थीको परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।

नेपाल आयल निगमको अमलेखगञ्जस्थित प्रादेशिक कार्यालयमा विहीवार मृतक जीतपुसिमरा उपमहानगर-२१ बस्ने ११ वर्षका लक्की गोलेका परिवार र प्रादेशिक कार्यालय बीच क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको हो ।

क्षतिपूर्ति रकमसंगै लक्कीका अभिभावक मध्ये एक जनालाई आयल निगममा रोजगारी र काजक्रिया खर्चवापत २५ हजार रकम उपलब्ध गराउने सहमती भएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष सुवास श्रेष्ठले बताए ।

अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयले विद्युतिकरणका लागि भन्दै सडकको पेटीमा गाडेको पोलको रडमा छेडिएर लक्कीको घटनास्थलमै मृत्यु भएको थियो । कक्षा ५ मा अध्यनरत बालक घरबाट विद्यालयका लागि बस चढ्न जादै थिए । त्यस क्रममा कार्यालय अगाडि सडक पेटीमा राखिएको पोलको रडमा टाउको छेडिएर मृत्यु भएको हो ।