भरतपुरमा बोराभित्र हातखुट्टा बाँधेको अवस्थामा महिला र पुरूषको शव फेला (भिडियो)

by

in

चितवन। भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिक कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र महिला र पुरूषको शव फेला परेको छ ।

अन्दाजी ४० वर्ष उमेरका जस्तो देखिने महिला पुरूषको शवको सनाखत भने भइसकेको छैन ।

बुधबार दिउँसो स्थानीय व्यक्तिले बोराभित्रबाट दुर्गन्ध आएको र मृत मानिसको शव जस्तो देखिएको भन्दै प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले बोरा खोली हेर्दा हात खुट्टा डोरीले बाँधेको र मुखमा टेप लगाइएको अवस्थामा शव फेला पारेको हो ।

हाल शवलाई पोष्टमर्टमको लागि भरतपुर अस्पतालमा लगिएको र घटनाबारे अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए।