सुदूरपश्चिममा महोत्सववालाले मोडेललाई यौन प्रस्ताव राख्ने गरेको ठकुरीको खुलासा

by

in

धनगढी: गीत गाउने तथा नाच्नेहरु महिलालाई पेसामा अनेकन बाधा अवरोध आइरहेको पाइएको छ। गीत तथा सँगीत एवं मोडलिङको दुनियाँमा किशोरी, युवती तथा महिलालाई अनेकन शोषण एक बाध्यता आइपर्ने गरेको पाइएको हो।

सोही विषयमा सुदूरपश्चिमकी एक नाच्ने कलाकारले मुख खोलेकी छिन्। सुदूरपश्चिमबाट मोडलिङको दुनियाँमा छिर्दै गरेकी धनगढीकी मोडेल कोपिला सिंह ठकुरीले सो विषयमा मुख खोलेकी हुन्।

उनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सुदूरपश्चिमका विभिन्न मेला तथा महोत्सवहरुमा नव- महिला कलाकारहरुलाई दुर्ववहार तथा शोषण हुने गरेको बताइन्।

यतिमात्र होइन, महोत्सवका आयोजकले न्युन पारिश्रमिक दिएर यौन प्रस्ताव नै राख्ने गरेको उनले दाबी गरिन्।

कलाकारितामा पुरुषभन्दा महिलाले धेरै चुनौती सामना गर्नुपर्ने बाध्यता रहेको उनको बुझाई छ। यस्तै म्युजिक भिडियोमा अभिनय गर्नुपर्दा पनि निर्देशकले अभद्र व्यवहार गर्ने गरेको उनको आरोप छ।