हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

by

in

काठमाडौँ । हृदयाघातका कारण आज बिहान उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ ।

बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उहाँलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । उहाँको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार न्यायाधीश मरासेनीकि छोरी पोखरामा हुनुभएको र उहाँ पोखराबाट काठमाडौँ आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।