मुगुमा स्लीपिङ ट्याब्लेट खुवाएर फिल्मी शैलीमा चार जनाकै हत्या गर्न को पुग्यो ? – कारण के छ ?

by

in

काठमाडौं । प्रहरीले मुगुमा एकै परिवारका ४ जनाको विभत्स हत्या भएको सामूहिक हत्याको प्रारम्भिक अनुशन्धान सकाएको छ ।

मुगुको छायानाथ नगरपालिका ६ स्थित मन्दु गाउँका २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहरा, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका दुधे बालक रहर बोहराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले विशेषज्ञ टोलीसहितको सहभागितामा अनुसन्धान थालेको थियो । तालिमप्राप्त कुकुरसहितको घटनास्थलको अनुशन्धान सकाएर प्रहरी शव लिएर सदरमुकाम फर्किएको छ ।

प्रारम्भिक अनुसन्धान सकिएलगत्तै मृतक चारै जनाको शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । साँझ ५ बजेतिर शव उठाएर जिल्ला अस्पताल लगिएको उनले बताए । सदरमुकाम पुग्न चार घण्टा भन्दा बढी लागेकाले पोस्टमार्टम आज भएको र शवलाई परिवारमा बुझाइएको छ ।

वैदेशिक रोजगारीमा कतारमा रहेका श्रीदेवीका श्रीमानसमेत आइपुगेका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा संलग्नले पहिले मृतक श्रीदेवीलाई स्लीपिङ ट्याब्लेट खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरिसकेपछि छोरा, छोरीको पनि हत्या गरेको खुल्न आएको डिएसपी थापाको भनाई छ । यो दुर्गम ठाउँमा स्लीपिङ ट्याब्लेट लिएर आउने अपराधि को भन्ने ? प्रहरीले अनुमान समेत लगाउन सकेको छैन ।

घटनामा कति जनाको संलग्नता छ भन्ने बारे अझै खुल्न नसकेको उनले बताए । घटनास्थलबाट कानमा लगाएको सुनसहित तिलहरी जस्तो गहनासमेत भेटिएको प्रहरीले जनाएको छ । अन्य गहनासमेत लुकाएर राखेको अवस्थामा भेटिएको छ । त्यति धेरै सम्पत्ति भएको घरपनि देखिन्न । सम्पत्तिकै लागि कसैले हत्या गर्यो भन्न सक्ने अवस्थापनि छैन यद्यपी प्रहरी जसरीपनि हत्यारा नजिक पुग्ने प्रहरीको दावी छ ।