दमक नगरपालिकाका हाकिमसँगको टिकटक लाइभ गर्ने प्रतिष्ठित व्यापारीकी श्रीमती भएर किन इज्जत फालिन ?

by

in

दमक । दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डमरुप्रसाद निरौलासँग मदिरामा लठ्ठ भएर टिकटक लाइभ गर्ने महिलाले आफ्नो चरित्र आफैं उदांगो पारेपछि उनी को हुन ? भन्ने बिषयमा चर्चा परिचर्चा सुरु भएको छ । सामाजिक सञ्जालमा कतिपयले ति महिलालाई पीडित महिलाको जस्तो व्यवहार गरेर निरौलालाई मात्र गालि गरिरहेका छन् । कतिपयले भने महिलाले विश्वासघात, इज्जत आफै फाल्ने काम भएको भनिरहेका छन् । केहीले महिला को रहिछन् ? भन्ने जिज्ञासापनि राखिरहेका छन् ।

सो बिषयमा खोज अनुशन्धानका क्रममा थप केही तथ्यहरु फेला परेका छन । फेसबुकमा **ता दाहाल नाम लेखिएकी उनले आफनो व्यावसायिक फर्म एसआर आवरणको नाममा टिकटक अकाउण्ट बनाएर व्यावसायिक प्रवद्र्धनको आशयसहितका सामग्रीहरु राखेकी छन ।

दमकको साविक १३ तथा हालको ८ नम्बर वडामा माइतीघर भएकी दाहालको नागरिकतामा *ला न्यौपाने नाम रहेको छ । उनको जन्म मिति २०४५ साल मंसिंर ११ गते नागरिकतामा उल्लेख छ भने ठेगाना अनारमनी गाविस वडा नं २ उल्लेख छ । उनको सोही नागरिकताका आधारमा राहदानी समेत जारी भएको छ ।

सन २०१६ मा जारी भएको उनको राहदानी नं १०१५३१** रहेको छ । विर्तामोडका एक प्रतिष्ठित व्यवसायीसँग बिवाह गरेकी दाहालको आफना पतिसँग सम्बन्ध विच्छेदको मुद्धा झापा जिल्ला अदालतमा चलिरहेको छ । उनी पतिसँगको सम्बन्धबाट टाढिँदै दमकस्थित सिद्धी मार्केट भित्र करिब ३–४ बर्षदेखि व्यवसाय सञ्चालन गरेर बस्दै आएकी थिइन । उनले सामाजिक सञ्जाल मार्फत विदेशमा बसेका नेपालीहरुसँग पनि सम्पर्क गरेर विभिन्न बहानामा नजिक हुँदै रकम असुल्ने गरेको पाइएको छ ।