जब १६ दिने नवजात शिशुमाथी जन्मदिने आमा नै तरकारी काट्ने चक्कु घाँटीमा प्रहार गर्न थालिन्

by

in

रूपन्देही । दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा सुत्केरी आमा पक्राउ परेकी छन् । लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ वर्षिया निर्मा चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले घाँटीमा प्रहार गरेको पाइएको छ । वडा प्रहरी कार्यालय लमहीले आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

उपचारको लागि लमही अस्पतालमा लगिएपनि उपचार त्यहाँ सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ । सुत्केरी आमाले आफूले जन्मदिएको शिशुको हत्या प्रयास किन गरिन भन्ने बारेमा खुल्न बाँकी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । केही दिन देखि झोक्रिने, टोलाउने जस्ता समस्या आमामा देखिएको थियो ।