म्याग्दीमा चक्कु प्रहारबाट २१ वर्षीय शुशिलको ज्यान गयो

by

in
  1. म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार बेलुका चक्कु प्रहारबाट एक युवकको ज्यान गएको छ ।

अपरिचित समूहले बेलुकी ५ः५० बजे धारिलो हतियार प्रहार गर्दा रघुगंगा गाउँपालिका वडा नं. १ बेगका २१ वर्षिय शुशिल गर्बुजाको मृत्यु भएको हो ।

बेनी नगरपालिका वडा नं. ८, न्यूरोड, क्याम्पस चोकमा अपरिचित समूहमा आएर शुशिलमाथि एक्कासी चक्कु प्रहार भएको थियो ।

छातिमाथि र दाहिने कोखमा चक्कु रोपेर उनीहरु फरार भएका थिए । गम्भिर घाइते भएका गर्बुजालाई उपचारका लागि बेनी अस्पताल लगेकोमा अस्पतालका डाक्टरले ६ः४० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।

झडपको कारण नखुलेको र आक्रमणकारीको खोजी भै रहेको उनले बताए । चक्कु प्रहार गर्ने व्यक्ति २० वर्ष उमेर मुनिकै देखिने, फुटेको हेल्मेट लगाएर आएको, हरियो रंगको ज्याकेट र जिन्स पाइन्ट लगाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।