बिदेशबाट ल्याएका मोबाइल खोस्ने कर्मचारीका मुख्य नाइके जागिरबाट आउट, सबैले शेर गर्नुस !

by

in

राजनीति
बिदेशबाट ल्याएका मोबाइल खोस्ने कर्मचारीका मुख्य नाइके जागिरबाट आउट, सबैले शेर गर्नुस !

प्रकाशित: २०७९ माघ २९ गते, आइतबार काठमाडौ (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

काठमाडौ । पर्यटनमन्त्री सुदन किराँतीले जनतालाई दुख दिई सिंगो वायुसेवा धोस्त पार्ने त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बन गरेका छन । बारम्बार छड्के चेकमा एयरपोर्ट पुग्ने गरेका मन्त्रीले किराँतीले ठाकुरलाई भित्र भित्र नियालीरहेका थिए ।

ठाकुरका बारेमा धेरै गुनासो आएपनी प्रमाण नहुँदा केही गर्न नसकेका मन्त्री किराँतीले भित्र भित्र प्रमाण जुटाउन खटिएका थिए । एयपोर्टमा नेपाली जनताका मोबाइल थुत्ने देखि अनेक बहानामा दुख दिने ठूलो गिरोह थियो ।

उक्त गिरोह संरक्षणमा ठाकुरको हात रहेको पनि धेरैले गुनासो गरेका थिए । आज बायुसेवा डुबाउने र जनता दुख दिने ठाकुर आउट भएपछि देश बिदेशमा बस्ने नेपालीले केही राहत पाएका छन । प्रधानमन्त्रीसहित मन्त्रीलाई धन्यवाद दिइरहेका छन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएको छ ।

सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको उनले बताए ।

यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत थिए ।

यसअघि ९ माघमा त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल पर्यटन बोर्डको काम नदेखिएको बताएका छन्। उनले नेपाल पर्यटन बोर्डले शुक्रबार राखेको स्वागत कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डले एउटा नागरिक बडापत्र पनि राख्न नसकेको बताएका हुन्।

उनले भने, ‘ म यहाँ भित्र पस्दै गर्दा खै एउटा नागरिक बडा पत्र त देखिन् कसरी काम गर्नुहुन्छ। तपाईँहरू झिँगा मारेर बस्नु हुन्छ कि माखा मारेर बस्नु हुन्छ खै काम त केही देख्दिन त।’

उनले नेपाल पर्यटन बोर्ड पर्यटन विकासमा भन्दा भौतिक विकासमा लाग्ने गरेकाे बताए। किरातीले थपे, ‘ बोर्डले उद्देश्य एउटा देखाउँछ। काम एउटा गर्छ। यसले दालमा केही कालो छ भन्ने देखाउँछ।’ उनले आफ्नो काममा अग्रसर देखाएर राम्रो काम गरे तकमा र खाता भने जस्तै पाउने बताए।

यसैबीच नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष आग्र्रह गरेको छ । मन्त्री किरातीसँग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौं पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो ।

मन्त्री किरातीलाई चेम्बरले विभिन्न १८ बु“दे सुझाव समेत दिएको छ । सुझाव पत्र पेश गर्दै अध्यक्ष मल्लले भने, “विदेशमा रहेका नेपाली दूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवाश्यक छ ।” मुलुकको अर्थतन्त्र संकुचन भएको अवस्थामा पर्यटकीय गतिविधि बढाएर अर्थतन्त्रलाई चलायमान एवं समृद्धि हासिल गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

नेपालका महत्वपूर्ण पर्यटकीय स्थललाई अन्तर्राष्ट्रिय ठूला सञ्चार माध्यमबाट प्रर्वद्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत ८ हजार मिटर भन्दा माथिका ८ वटा हिमाल, पशुुपति, लुम्बिनीलगायतका क्ष्ँेत्रको अन्तर्राष्ट्रिय स्तरमै प्रर्वद्धन गर्न आवश्यक रहेको उनले बताए । राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचिमा परेका स्थललाई संरक्षण र प्रर्वद्धन गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

नेपालको हवाई क्ष्ँेत्रलाई युरोपेली युनियन इयूको ब्ल्याक लिस्टबाट हटाउनका लागि कुटनीतिक पहल गर्नसमेत अध्यक्ष मल्लले मन्त्री किराती समक्ष आग्रह गरे ।

यसैगरि नेपाल वायुसेवा निगम र अन्तर्राष्ट्रिय विमानस्थलको संरचनागत सुधार गरेर नेपाल एयरलाइन्सको जहाज थप गर्ने प्रक्रीया अविलम्ब सुरु गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

विशाल जनसंख्या भएका चीन र भारतलाई लक्षित गरेर छुट्टै प्याकेज ल्याउनसमेत उनको सुझाव छ । अध्यक्ष मल्लले भने, “भारतीय पर्यटकले नेपाल आउ“दा भारु अधिकतम २५ हजार मात्रै साथमा ल्याउन पाउने सीमाका कारण पर्यटन व्यवसायले वान्छित लाभ पाउन सकेको छैन । यसलाई बढाएर कम्तिमा २ लाख ५० हजार लिएर आउन वातावरण सिर्जना गरिनुपर्दछ ।”

चेम्बर पदाधिकारीले विदेशी पर्यटकलाई निश्चित समयका लागि भिषा शुल्क निशुल्क गर्नुपर्ने बताएका थिए । चेम्बर पदाधिकारीसंगको भेटमा मन्त्री किरातीले पर्यटन गतिविधि बढाउन विदेशी पर्यटकलाई केही समयका लागि भिषा सहज बनाउन योजना बनाइरहेको जानकारी दिए ।

उनले भने, “अन्य देशको तुलनामा नेपाल आउने पर्यटकका लागि भिषा शुल्कदेखि हवाई भाडासम्म निकै महंगो पर्ने गरेकाले नेपाल आर्कषक गन्तव्य बन्न सकेको छैन । यसका लागि सहजीकरण सुरु गरेको छु, ।”


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *