रोनाल्डो घाइते: मियामी र अल नासर बीचको खेलमा रोनाल्डो खेल्ने सम्भावना कति ?

by

in

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो घाइते भएपछि अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र रोनाल्डो आमने-सामने नहुने सम्भावना बढेको छ। रोनाल्डो ठीक हुन समय लाग्ने भएसंगै दुई फुटबल हस्ती आमने-सामने नहुने सम्भावना बढेको हो।

साउदी क्लब अल नासर र अमेरिकी क्लब इन्टर मियामी बीचको मैत्रीपूर्ण खेल फेब्रुअरी १ का लागि तय गरिएको छ। तर सो खेलका लागि रोनाल्डोको उपलब्धतामा शंका छ।

मिडियाहरुमा आएका रिपोर्ट अनुसार रोनाल्डोको पिडुल्लामा समस्या देखिएको छ। सो समस्या मियामीको खेल अगाडी सम्म ठीक हुने नहुने बारे कुनै जानकारी बाहिर आएको छैन।

रोनाल्डोको चोट पश्चात अल नासरले चिनियाँ दुई क्लब बीचको मैत्रीपूर्ण खेलहरुलाई रद्द गरिसकेको छ। क्लबले मंगलबार एक विज्ञप्ति जारी गर्दै खेलहरु हालका लागि रद्द भएको जानकारी गराएको हो।

त्यस्तै रोनाल्डोले एक पत्रकार सम्मेलनका क्रममा दुखका साथ आफ्नो चोटका कारण खेलहरु हालका लागि स्थगित भएको जानकारी दिए। उनका अनुसार खेलहरुका लागि निकट भविष्यमा नयाँ मिति तय गरिनेछ।

मियामी र अल नासर बीचको खेलका लागि लगभग एक साताको समय छ। रोनाल्डोको चोटमुक्त भएको खण्डमा मेस्सी र रोनाल्डोलाई एक पटक पुनः एक अर्कालाई कडा टक्कर दिएको देख्न पाइनेछ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *