बाबुलाई भेट्न नदिन आमाले गरिन् ४ वर्षीय छोराको हत्या, सुटकेसमा शव, बाटोमै पक्राउ

by

in

काठमाडौं । एक आमाले आफ्नै सन्तानको हत्या गरेकी छिन् । भारत, बेङ्गलुरुस्थित टेक स्टार्टअपकी सिइओ सुचना सेठमाथि गोवाको एक होटलमा आफ्नो चार वर्षीय छोराको हत्या गरेको आरोप लागेको छ । उनले आफ्ना पति वेङ्कटरमनविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेको खुलेको छ । यो घटना सन् २०२२ को अगष्टको हो । त्यसपछि यी दुईबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको थियो । बच्चाको शव लिएर गोवाबाट भाग्ने क्रममा आरोपी महिला पक्राउ परेकी हुन् । जानकारी अनुसार ८ अगस्ट २०२२ मा दर्ता भएको मुद्दामा सुचनाले आफ्ना पतिमाथि आफू र छोरालाई शारीरिक यातना दिएको आरोप लगाएकी थिइन् ।

उनले ह्वाट्सएप म्यासेज, फोटो र मेडिकल रेकर्डको प्रतिलिपि प्रमाणको रुपमा अदालतमा पेश गरेकी थिइन् । यद्यपि, वेङकटरमणले अदालतमा आरोप अस्वीकार गरेका थिए । गोवाको स्थानीय अदालतले सेठलाई ६ दिनको प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । सूचना र वेङ्कटरमनको नोभेम्बर २०१० मा कोलकातामा विवाह भएको थियो । त्यसको नौ वर्षपछि सन् २०१९ मा उनीहरूले एक छोरा जन्माए । उनीहरु सन् २०२१ को मार्चदेखि छुट्टाछुट्टै बस्न थालेका थिए ।

सूचनाका चालक रोयजन डिसूजाका अनुसार जनवरीका दिन राति ११ बजेतिर उनलाई होटल रिसेप्शनबाट फोन गरेर तुरुन्तै सेठलाई बेङ्गलुरु लैजान भनियो । अर्को दिन बिहान ११ बजेतिर रोयजोनलाई क्यालाङ्गुट प्रहरी निरीक्षकको फोन आयो । डिसूजाले भने, ‘इन्स्पेक्टरले मलाई ती महिला एक्लै छिन् कि उनीसँग बच्चा छ भनेर सोधे । मैले उनी एक्लो भएको बताएँ । हामी कोङ्कणीमा कुरा गरिरहेका थियौँ, जुन उनले बुझ्न सकिनन् । त्यसपछि मैले ती महिलालाई फोन दिएँ र कसैले उनीसँग कुरा गर्न चाहेको बताएँ । अधिकारीले उनीसँग केही मिनेट कुरा गरे ।’

त्यसको केही मिनेटपछि इन्स्पेक्टरले फेरि ड्राइभरलाई नजिकैको प्रहरी चौकीमा जान भनेका थिए । उनले भने, ‘त्यतिबेला हामी द्रुतमार्गमा पुग्यौं । सबै साइनबोर्ड कन्नड भाषामा थिए । मैले केही पनि बुझेको थिइनँ । मैले चुपचाप नजिकैको प्रहरी चौकी गुगल गरें, जुन १५० किलोमिटर टाढा थियो । मैले ती महिलासँग बहाना बनाएर–म शौचालय जान्छु भनेर कार रोकें । त्यसपछि गोवा प्रहरीलाई फोन गरें, कललाई स्ट्यान्डबाईमा राखें अनि सर्भिस रोड हुँदै प्रहरी चौकीमा पुगें ।’ त्यसपछि प्रहरीले सुटकेस खोल्दा त्यसभित्र बालकको शव भेटिएको हो । बाबुले मृतक छोराको अन्तिम संस्कार गरिरसेका छन् । उनका अनुसार छोरालाई लिएर अक्सर झगडा हुन्थ्यो, विगत दुई वर्षदेखि उनीहरुबीच कुनै सम्पर्क थिएन् ।