‘मकै पोल्ने र भारी बोक्ने सर्वसाधारणका बचत रकम फिर्ता गर्नुस्’

by

in

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यालेक्सी टेलिभिजनका पूर्व अध्यक्ष एवम् विभिन्न सहकारीको बचत अपचलन गरेका जिवी राईलाई पीडितको सम्पर्कमा आउन आग्रह गरेका छन् ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलमा बोल्दै सभापति लामिछानेले गरिब जनाताको पसिनाको कमाई अपचलन गरेर सम्पर्क बिहिन नहुन राईलाई आग्रह गरे । ‘मकै पोलेर,भारी बोकेर कमाएको एक एक रुपैयाँ जम्मा गरेको तपाईले अपचलन गर्न पाउनु हुन्न,’ लामिछानेले भने,‘मेरो कुनै बेलाको पूर्वसहकर्मीको नाताले मेरो बिन्ती छ । सम्पर्कमा आउनुस् । पीडित जनताको रकम फिर्ता गर्ने योजना प्रस्तुत गर्नुस् ।’

पार्टी सभापति लामिछानेले राईलाई जनताको रकम फिर्ता गर्ने योजना ल्याउन आग्रह गरे । सम्पती बेचेर हुन्छ वा अरु के उपाय लगाएर हुन्छ रकम फिर्ता गर्न पनि उनले राईले भने ।

राईलाई सम्र्पकमा ल्याउन सरकारले पनि प्रभावकारी भूमिका नखेलको भन्दै उनले सरकारको पनि आलोचना गरे ।