दु:खद खबर:विमानस्थलबाट टेक अफ हुने क्रममै जहाज दुर्घटना

by

in

दु:खद खबर:विमानस्थलबाट टेक अफ हुने क्रममै जहाज दुर्घटना*

ब्राजिलमा आइतबार भएको जहाज दुर्घटनामा परी ४ जना फुटबल खेलाडीको मृत्यु भएको छ। निजी जहाजमा यात्रा गरिरहेका पाल्मास क्लबका अध्यक्ष र चार खेलाडीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्*

।*

उत्तरी ब्राजिलको टोकान्टिन्स राज्यको विमानस्थलबाट टेक अफ हुने क्रममा उनीहरू चढेको जहाज रन वेको अन्तिमबाट चिप्लिएर मैदानमा पुगेको थियो। दुर्घटनामा चालकको पनि मृत्यु भएको छ

कोरोनाभाइरसको संक्रमण भएकाले फुटबल खेलाडी क्लबका अरू सदस्यसँग नगई निजी जहाजमा गोइआनिया जान लागेका थिए। त्यहाँ उनीहरूको टिमले भिला नोभासँग खेल्ने कार्यक्रम थियो*

आइसोलेसनको अन्तिम दिन भएकाले उनीहरू निजी जआइतबारको दुर्घटनाको कारण खुल्न सकेको छैन। ब्राजिलको फुटबल संघ दुर्घटनामा मृत्यु भएकाका र पाल्मस परिवारप्रति समवेदना प्रकट गरेको छ

उनीहरूको सम्झनामा आइतबार हुने सबै खेलमा एक मिनेट मौनधारण गर्न भनेको छ।*