रहिनन् बक्सिङ खेलाडी नीता, घरमा झुन्डिएको अवस्थामा फेला !

by

in

काठमाडौँ – बक्सिङ खेलाडी नीता गोसाई मृत फेला परेकी छन्। सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी खेलाडी नीता गोसाईं मृत फेला परेकी हुन्।

भक्तपुर नगरपालिका–८ स्थित घरमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ। उनी झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ।

शवलाई पोष्टमार्टमका लागि पठाइएको छ भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ। परिवारले प्रहरी वृत्त, जगातीमा एक जना व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा जाहेरी समेत दिएका छन्।

गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी गोसाईको केही समयपछि विवाह गर्ने तयारी थियो।