पिताको भेषमा राक्षस: छोरीलाई गरे बलात्कार, बन्चरो र हसियाँ हानी-हानी लिए छोराको ज्यान !

by

in

काठमाडौँ – आफ्नै छोराको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पश्चिम सुर्खेतको पञ्चपुरीमा छोराको हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का नयाँराम बुढा रहेका छन्। प्रहरीले उनलाई भारत भाग्दै गरेको अवस्थामा बिहीबार बिहान टीकापुर-१, लम्कीबाट पक्राउ गरेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले उनलाई पक्राउ गरेको बताइएको छ। बुढाले १८ वर्षीय छोरा भरत बुढाको सोमबार राति घर नजिकै हत्या गरेका थिए।

मोबाइल लोकेसनका आधारमा टीकापुर पुगेको अनुसन्धानको टोलीले त्यहाँ पक्राउ गरेर टीकापुर प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेत सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए।

बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता गराएका थिए। भारतबाट फर्किएपछि उनले छोराको ज्यान लिएका थिए।

प्रहरीसँगको प्रारम्भीक बयानका क्रममा नयाँरामले छोराको हत्या गरेको स्वीकार गरेका छन्। घरभित्र पस्दा छोरा–छोरीले कुटपिट गर्ने डरले बाहिरै बसिरहेको बेला छोरा-छोरी घरबाट बाहिर निस्किने बितिकै आक्रमण गरेको उनको बयान छ।

“मिलापत्रका लागि बोलाएकाले भारतबाट आएको थिएँ। घरभित्र पस्दा छोरा–छोरीले कुटपिट गर्ने डरले बाहिरै बसिरहेको बेला उनीहरु बाहिर निस्के त्यहीँ बेला बन्चरो र हसियाँले आक्रमण गरेको हुँ।”,उनले प्रहरीलाई बयान दिँदै भनेका छन्।