१३ वर्षीया बालिकालाई डेढ महिना बन्ध क बनाई बला त्कार गरे पछि ….

by

in

महोत्तरीको जलेश्वरमा १३ वर्षीया बालिकालाई अपहरण गरी डेढ महिना बन्धक बनाई बला त्कार गरेको आरोपमा चारजना प क्राउ परेका छन् ।जलेश्वर नगरपालिका ९ की बालिका असार ६ गते बेपत्ता भएकी थिइन् ।
अपहरणमा परेको आशंकामा पीडित परिवारले प्रहरीलाई तत्काल उजुरी दिएको थियो । तर प्रहरीले बेवास्ता गरेको भन्दै असार ७ गते पुनः किटानी जाहेरी दिएको थियो । त्यसलगत्तै अनुसन्धानका लागि जलेश्वर नगरपालिका ९, आगेपुर घर भएकी दिदीबहिनी बुलो खातुन र सबिनाज खातुन पक्राउ परेका थिए । गत शनिबार पीडित बालिकाले अपहरण गर्ने व्यक्तिकै मोबाइलबाट आफन्तलाई फोन गरेपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।

बालिकाको परिवारबाट पाएको सूचनाका आधारमा धनुषा र महोत्तरीबाट खटिएको प्रहरीको संयुक्त टोलीले साउन २० गते जनकपुरको रामानन्द चोकस्थित एउटा घरबाट अपहरित बालिकाको उद्धार गरेको हो ।

बालिकालाई उद्धार गर्ने क्रममा सोही ठाउँबाट जलेश्वर नगरपालिका १ का २६ वर्षीय मोहम्मद रियाज दफाली र धनुषा मिथिला नगरपालिका ६ की २५ वर्षीया बेचनी मण्डल पक्राउ परेको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जनाए ।

बालिकालाई अहिले प्रहरीकै संरक्षणमा राखिएको छ । पीडित बालिकाले आफूलाई अपहरण गरी नशालु पदार्थ खुलाएर पटक-पटक दुष्कर्म गरिएको बताएकी छन् । उनले प्रहरीसँग भनेकी छन्, ‘मिठाईमा मिसाएर नशाजन्य पदार्थ खान दिन्थे नखाएपछि कुटपिट गर्थे र त्यसपछि म बेहोस हुन्थें ।’बालिकाका बाबु वैदेशिक रोजगारीमा छन् । आमा भने न्याय माग्दै प्रहरी कार्यालय धाइरहेकी छन् ।

बालिकाकी आमालाई अहिले उल्टै धम्की आइरहेको छ । उनले भनिन्, ‘पीडित छु उल्टै ममाथि नै दबाब दिइरहेको छ । मेरो छोरीलाई हिजोदेखि नै थुनेर राखेको छ । मेरो छोरीलाई मेरै अगाडि कुटपिट गरेको छ । मलाई जेलमा हाल्ने धम्की दिइरहेको छ ।

अपहरणमुक्त गराइएकी बालिकाको स्वास्थ्य परीक्षण भएको छ । प्रहरीले घटनाका आरोपीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी उपरीक्षक दिलीप गिरीले बालिकालाई आफूहरुले संरक्षण गरेर राखेको जनाएका छन् । उनले भने, ‘बालिकाको मेडिकल टेस्ट भइसकेको छ । मेडिकल रिपोर्ट पनि आइसकेको छ । बालिकाले आरोप लगाएका सबै व्यक्तिलाई हामीले नियन्त्रणमा लिइसकेका छौं ।’जिल्ला प्रहरी कार्यालय महोत्तरीको महिला सेलमा एक महिनामा महिलासम्बन्धी ६२ घटना दर्ता भएको तथ्यांक छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *