बझाङमा यस्तो पनि, अस्पतालका कर्मचारीका कारण बच्चा खेर गयो

by

in

बझाङ: बझाङमा उपचारका लागि जिल्ला अस्पताल पुगेकी एक गर्भवती महिलाको तीन महिने भ्रूणको मृत्यु भएको छ।

अस्ति जयपृथ्वी नगरपालिका- ७ धौनाउँका हरिचन्द्र बोहरा की श्रीमती सुनिताले पेटमै बच्चा गुमाएकी हुन्। सुनितालाई पेट दुख्ने र रक्तस्रावको समस्या देखिएको थियो। त्यसपछि हरिचन्द्र श्रीमती लिएर जिल्ला अस्पताल सिम खेत गएका थिए। त्यहाँ पुगेर उनले श्रीमतीलाई इमर्जेन्सी वार्डमा राखेर पुर्जी काट्न काउन्टर पुगे। तर, ‘टिकट काट्ने कर्मचारीले विद्युत् छैन। अबको २ घण्टापछि विद्युत् आउँछ पर्खनुहोस्’ भनेर उनलाई झुलाइयो।

&
त्यो बेला रक्तस्राव भएकी श्रीमतीलाई हेरिदिन हारगुहार गरेको बोहरा बताउँछन्। ‘श्रीमतीको अवस्था चिन्ताजनक रहेकोबारे अस्पताल प्रशासनलाई जानकारी गराउँदा पनि चाँसो देखाइएन। उल्टै एक कर्मचारीले आक्रोशित भएर जेनरेटर बिग्रेको छ भन्दै झपारे’ उनले भने।
< जिल्ला अस्पतालमा बिरामीलाई प्रत्येक कक्षमा झेलाइएको उनको गुनासो छ। उनी भन्छन्, ‘निजीमा जानुपर्ने थियो, यहाँ किन आएको भन्दै झपार्छन् औषधी लिएर आएँ तर त्यो औषधीले श्रीमतीको पेट दुख्न कम भएन। त्यसपछि हामी सदरमुकाम स्थित जय पृथ्वी अस्पतालमा गयौँ। त्यहाँ पुग्ने बित्तिकै पेटको भिडियो एक्स–रे गर्दा बच्चाको मृत्यु भइसकेको छ भन्ने रिर्पाेट दियो।’ जिल्ला अस्पताल बझाङका प्रमुख नवराज जोशीले भने अस्पतालको लापरबाही नरहेको बताएका छन्। उनले भने ‘अस्पताल आउँदा बिरामीको अवस्था नर्मल नै थियो । हामीले दिने उपचार दिएका छौँ। त्योबेला विद्युत् आएको थिएन। जेनरेटरमा समस्या आएको थियो। हामी बनाउँदै थियौँ। त्यही भएर ढिलो भयो।’ उनले बिरामीलाई एक छिन पर्खिनुस् भन्दा रिसाएको बताए। ‘हाम्रो केही पनि कमीकमजोरी छैन । उहाँको जाँच, मिस्टीकेशन गर्नमा ढिलो भएको हो। हाम्रो पुर्जीमा लेखेका कुराहरू यहाँ सुरक्षित छन्। पुरै रक्तस्राव भएर बेहोस अवस्थामा थिएन, दुखाई अलिकति थियो होला त्यसको उपचार पनि सुईबाट दिई सकेको हो।’


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *