धन कमाउन साउदी गएका ३१ वर्षीय सोनिलको शव ६ महिना नहुँदै बाकसमा फर्कियो

by

in

धन कमाउन साउदी गएका ३१ वर्षीय सोनिलको शव ६ महिना नहुँदै बाकसमा फर्कियो

रेष्टुरेन्ट वर्करको रुपमा गत माघ २६ गते अहम्द नाजी फलेह अल डोसारी रेष्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृ-त्यु भएको थियो ।

उनी मासिक एक हजार रियल पाउनेगरी काठ्माण्डौंको काठ्माडौं एचआर सोलुसन प्रालिमार्फत साउदी अरेबिय पुगेका थिए ।

ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घ-टनास्थलमै मृ-त्यु भएको जानकारी आएको आफन्त हिराधन चाम्लिङले बताए । तर मेनपावरको ढिलासुस्तीका कारण शव ल्याउन दुई महिना समय लागेको हो ।

तस्बिर र भिडियोमा राईको गाडीको ठक्करबाट टाउको फुटेर रगत बगेको देखिन्छ । तर हाफर अल बटिन किंग खालेद जनरल अस्पताल अफर अल अबटिनमा स्वास्थ्य मामिला निर्देशनालयको मृत्यु रिपोर्टमा ‘टाउको, घाँटी र छातीमा कुनै देखिने चोट नभएको,

माथिल्लो अंगहरुमा कुनै देखिने चोटहरु नभएको र तल्लो अंगहरुमा कुनै देखिने चोटहरु नभएको’ उल्लेख छ ।

यस्तै मृ-तकको शरीरमा कुनै पनि कपडा नभएकाले आफन्त थप दुःखित बनेका छन्।