५ वर्षीय बालिका जबरजस्ती करणीपछि हत्या गरेर फरार राई २० वर्षपछि पक्राउ

by

in

हेटौंडाः ५ वर्षीय नाबालिकालाई जबरजस्ती करणीपछि हत्या गरेर फरार रहेका हेटौंडा-११, सिमलटारका ४५ वर्षीय सोम बहादुर राईलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।

राईलाई शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले ललितपुर जिल्लाको गोदावरी नगरपालिका-१४ बाट पक्राउ गरिएको हो ।

२०६० साल असोज १८ गते हेटौंडा-११, सिमलटारका प्रेम बहादुर थापा क्षेत्रीको ५ वर्षीय नाबालिका छोरीलाई राईले जबरजस्ती करणीपछि हत्या गरेका थिए

। नाबालिकाको शव भोलिपल्ट हेटौंडा-१० स्थित राप्ती खोलामा ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको थियो । राईलाई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ