कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुत आफ्नै कोठामा अचेत अवस्थामा भेटिइन्

by

in

जनकपुरधाम । श्रीमान शिवराज श्रेष्ठसँग मिलापत्र गरेर मिलेर बसेका कुमारी आमा भनेर चिनिने निहारिका राजपुत आफ्नै कोठामा अचेत अवस्थामा भेटिएकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित उनको आफ्नै डेरामा अचेत अवस्थामा रहेकी उनलाई प्रहरीले तत्काल खबर पाएसँगै उद्दार गरी प्रादेशिक अस्पताल पुर्याएको छ ।

स्थानीयले निहारिका डेरामा छटपटाई रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले गाडीमा राखेर उनलाई अस्पताल पुर्याएको थियो ।

निहारिकालाई के भएको हो भन्ने खुल्न नसके पनि विष सेवन गरेको आशंका गरिएको छ। पछिल्लो समय निहारिका र शिवराजको सम्बन्धमा पुनः दरार पैदा भएको बताइएको छ । श्रीमानसँग सम्बन्धमा खटपट भएसँगै निहारिका छोरा च्याँपेर जनकपुरधाममा डेरामा बस्दै आएको बताइएको छ ।

यसअघि निहारिका र शिवराजको सम्बन्धबारे मिडियादेखि सामाजिक सञ्जाल ताँतेको थियो । दुईबीच प्रेमको चक्कर चलिरहेको बेला निहारिका गर्भवती भएपछि शिवराजले पेटको बच्चा स्वीकार्न तयार नभएपछि निहारिकाले शिवराजविरुद्ध बलात्कार मुद्दा दर्ता गर्राएकी थिइन् ।

तर, उनको आवाज नसुनिएपछि छोरालाई काखमा च्याँपेर धर्नामा समेत बसिन् । तीन वर्षपछि अदालतले शिवराजलाई निर्दोष साबित गर्यो र बच्चा र शिवराजको डिएनए परीक्षण गर्न अदालतले आदेश दियो डिएनए परीक्षण गर्दा शिवराज र बच्चाको डिएनए मिलेपछि ०७९ माघ १७ मा जिल्ला अदालत धनुषामा शिवराज र निहारिकाले श्रीमान–श्रीमतीको रुपमा बस्ने भन्दै अब हल्ला नगर्ने भन्दै मिलापत्र गरेका हुन् ।

आफूलाई श्रीमान–श्रीमती स्वीकारेपछि उनीहरुले जानकी मन्दिरमा गएरविवाह पनि गरे । तर, आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसीकै दिन निहारिका खाटमा अचेत अवस्थामा भेटिएकी छन् ।