कक्षा ११ मा पढ्ने अविवाहित किशोरीले बच्चा जन्माएर ट्वाइलेटमा छोडेपछि

by

in

पेट दुखेपछि कक्षा ११ मा अध्ययनरत छात्रा अस्पताल पुगिन् । अस्पताल पुगेर बाथरुममा बच्चालाई जन्म दिइन् । अवैध सम्बन्धबाट भ्रूण जन्माएको भन्दै उनले बच्चालाई बाथरूममा छाडेकी थिइन् । घटना सार्वजनिक भएपछि बालिकाका परिवार स्तब्ध भएका छन् । युवती अविवाहित छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरीले अस्पताल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।
*

यो सबै घटना छात्रावास अध्यक्ष हेमलता नागको अगाडि भएको हो । उनले घटना लुकाउन झुट बोलेको समाचारमा उल्लेख छ । जसका कारण उनी निलम्बनमा परेका हुन् । रिपोर्टका अनुसार १७ वर्षीय विद्यार्थीलाई पेटमा समस्या भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । जहाँ उनले बच्चालाई जन्म दिइन् । तर बच्चा बाँच्न नसकेको देखिन्छ । अस्पताल पुगेपछि शौचालय गएर लामो समयपछि फर्किइन् ।

बच्चा जन्माएपछि उनले बच्चालाई शौचालयमा छोडिन् । अस्पतालमा डाक्टरले चेकजाँच गर्न खोज्दा पेट ठिक भएको भन्दै फर्किन खोजिन् । त्यतिबेला सुरक्षा गार्डले यो सबै थाहा पाए र प्रहरीलाई खबर गरे ।