महिलाले सुन्दर पुरुष देखेपछि सोच्छन् यस्ता कुरा

by

in

एजेन्सी । जसरी महिलाको सुन्दरता देखेर पुरुष लोभिन्छन् त्यसरी नै हेण्डसम/स्मार्ट पुरुष देखेपछि महिला पनि हुरुक्क हुन्छन् ।

हेण्डसम / स्मार्ट पुरुषप्रति महिलाको सोच कस्तो हुन्छ त ?
विवाहित, प्रेमसम्बन्धमा बाँधिएका या अविवाहित हुन्, स्मार्ट पुरुष देखेपछि सबै महिलाको मनभित्र कुनै न कुनै इच्छा पैदा हुन्छ । तर, आफ्नो इच्छालाई उनीहरुले लुकाउँछन् ।

अविवाहित महिलाले यस्तो सोच्छन्
यदि महिला सिंगल वा अविवाहित भएमा स्मार्ट वा हेण्डसम पुरुष देख्ने वित्तिकै उक्त पुरुष मेरो ब्वाईफ्रेन्ड भइदिए हुन्थ्यो भन्ने सोच्दछन् । हेण्डसम पुरुषले जहाँ काम गर्दछ, त्यही काम गर्न पाए हुन्थ्यो भन्ने उनीहरुले सोच्छन् । यदि प्रेमसम्बन्धमा बाँधिएका भएमा आफ्नो प्रेमी पनि स्मार्ट वा हेण्डसम भइदिएको भए हुन्थ्यो भन्ने सोच्छन् ।

विवाहित महिलाले यस्तो सोच्छन्
हेण्डसम पुरुष देख्नेवित्तिकै विवाहित महिलाको मनभित्र यौनसम्बन्धी भावना पैदा हुने गर्दछ । कैयौले मेरो विवाह नभएको भए स्मार्ट पुरुषलाई आफ्नो जीवनसाथी बनाउन सक्दथे भनेर सोच्छन् । आफ्नो पति पनि स्मार्ट र हेण्डसम भइदिएको भए हुन्थ्यो भन्ने धेरै विवाहित महिलालाई लाग्दछ । सम्बन्ध जतिसुकै लामो र राम्रो किन नहोस्, कुनै पनि विवाहित महिलाले हेण्डसम पुरुषलाई देख्ने बित्तिकै उनीहरुको मनमा तरङ्ग पैदा हुन्छ । हेण्डसम पुरुषलाई साथी बनाउन वा उसँग घुमफिर गर्न के फरक पर्दछ र भनेर सोच्ने गर्दछन् ।

हेण्डसम पुरुषलाई देखेर किन पश्चाताप गर्दछन् महिला ?
यौन इच्छाका अलावा हेण्डसम पुरुषलाई देखेपछि वा भेटेपछि प्रायः महिलाले जारी सम्बन्ध बारे पश्चाताप गर्दछन् । यसको कारण भनेको जारी सम्बन्धमा देखिने असन्तुष्टि, अभाव र खटपट नै हो । कतिले त हेण्डसम पुरुषलाई देख्ने वा भेट्नेवित्तिकै त्यो पुरुषसँग पहिला किन भेट नभएको होला भनेर पनि दुख मान्ने गर्दछन् । अनि यही पश्चाताप वा दुखका कारण वैवाहिक वा प्रेमसम्बन्धमा विवाद वा खटपट सुरु हुन्छ । यो कुरा पुरुषमा पनि लागू हुन्छ ।