२०८१ जेठ ०९ गते बुधबारको दिन माता पाथीभराको दर्शन गरि हेर्नुहोस् राशिफल!

by

in

मेष–नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ ।प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ ।
वृष–तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । पढाइलेखाइमा समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन ।

मिथुन–अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ ।

कर्कट–विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ । आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । व्यापार ब्याबसायमा बढी नै फाइदा हुने समय छ ।

सिंह–सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ । पढाइमा प्रगती हुने दिन रहेको छ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । मेहनतले अध्ययनमा प्रगति हुनेछ । सामान्यतया दिन राम्रै रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कन्या–रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । साथीभाइले काममा सहयोग जुटाउन सक्छन । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउबाट धन प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

तुला–विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । आफ्नाबाटै धोका पाइनेछ । अनायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ ।

वृश्चिक–आज ठूला ब्यक्तीहरुबाट मानसम्मान प्राप्त होला, र मिष्ठान्न भोजन पनि प्राप्त हुने दिन रहेको छ । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । अर्थअभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् ।

धनु–विगतका कमजोरी सच्याउने मौका छ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । धनलाभ होला । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, दिगो आम्दानी हुने काम सुरु हुनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ ।

मकर–उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ ।

कुम्भ–सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । रोगले सताउन सक्छ ।

मीन–विभिन्न सहयोग र उपहार पाइनेछ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनु होला । व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।