नेपालले जित्यो एसियाली र्‍याफ्टिङमा स्वर्ण पदक

by

in

काठमाडौँ — नेपालले पहिला डब्लूआरएफ एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेको छ । भारतको हिमाचल प्रदेशस्थित सिमलामा भएको प्रतियोगितामा नेपालले आरएक्स (हेड टु हेड) विधामा नेपालले भारतलाई पन्छाउँदै स्वर्ण जितेको हो ।

नेपालले जित्यो एसियाली र्‍याफ्टिङमा स्वर्ण पदक
नेपालले फाइनलमा कुल १२० अंक बटुलेको थियो भारत बेलगाउँले १०८ अंक जोडेको थियो । भारत अलोङ टिम ९६ अंकसहित कांस्य जित्न सफल भएको थियो ।

नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने रहेका छन् । वैकल्पिक खेलाडीमा दिपेश पुनमगर रहेका थिए । टिम प्रशिक्षकमा भीष्म थपलिया र म्यानेजर महेश थापा छन् ।

नेपालले सेमिफाइनलमा काजकिस्तानको टिमलाई हराएर फाइनल पुगेको थियो ।

तीन इभेन्टमा प्रतिस्पर्धा भएको थियो । स्लालमबाट तेस्रो हुँदै कांस्य पदक जित्दा नेपाल डाउन रिभरमा चौथो भएको थियो । स्लालमको स्वर्ण भारत राइभोला र रजत भारत बेलगाउँले जितेको थियो । डाउन रिभरको भारतीय वर्चस्व रहेको थियो ।

च्याम्पियनसिपमा नेपाल समग्रमा दोस्रो भएको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी गराएका छन् ।

नेपालले आरएक्समा १ सय २०, स्लालममा ८० र डाउन रिभरमा ६० सहित कुल २ सय ६० अंक जोड्दै दोस्रो स्थान हासिल गरेको हो । टिम च्याम्पियन भएको भारत बेलगाउँले आरएक्समा १०६, स्लालममा ९० र डाउन रिभरमा ७२ सहित कुल २७० अंक जोडेको थियो । भारत राइभोला २ सय ४८ अंकसाथ तेस्रो स्थानमा रह्यो ।

च्याम्पियनसिपमा काजकिस्तान, इरान, ताजकिस्तान, इराकलगायतका देशले भाग लिएको थियो । महिलातर्फको तीनै इभेन्टको स्वर्ण इरानले जित्यो । समग्रमा टिम च्याम्पियन भएको इरानले आरएक्समा १२०, स्लालममा १०० र डाउन रिभरमा ८० सहित कुल ३०० अंक बटुलेको थियो । भारतीय टिमहरू दोस्रो र तेस्रो स्थानमा रहे । मिक्समा भारत राइभोला च्याम्पियन भयो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *