जापानमा अवतरणको क्रममा विमानमा आगलागी, चालक दलसहित ३७९ यात्रुको सकुशल उद्धार

News

त्यस विमानमा रहेका एक जना भाग्न सफल भएका छन्। अन्य पाँच जनाको मृत्यु भएको समाचार संस्था एनएचकेले प्रहरीलाई उदृत गर्दै समाचार लेखेको छ।

जापानमा ७.६ म्याग्नेच्युटको भूकम्प जाँदा ठूलो मानवीय क्षति भएको छ। राहत वितरणको लागि निगाटा जान लागेको उक्त विमानसँग जापान एयरलाइन्सको विमान ठोक्किएको हो।विमानमा चालक दलसहित ३७९ जना सवार थिए। उनीहरू सबै जना सुरक्षित रहेको क्योडोले समाचारमा उल्लेख गरेको छ।

जापान एयरलाइन्सका अनुसार विमान अवतरण गर्ने क्रममा रनवेमा अर्को विमानसँग ठोक्किएको हुनसक्ने बताइएको छ।मंगलबार सापोरो सहरको न्‍यू चिटोज विमानस्थलबाट हानेदा विमानस्थलमा पुगेको फ्लाइट ५१६ नम्बरको विमान अवतरणको क्रममा अर्को विमानसँग ठोक्किएर आगलागी भएको हुनसक्ने स्थानीय समाचार एजेन्सी क्योडोले जनाएको छ।जापानको राजधानी टोकियोस्थित जापान एयरलाइन्सको एक विमानमा आगलागी भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *