जनकपुरको बिन्धीमा विद्यालय बसले ठक्कर दिँदा १ को मृत्यु, ५ घाइते

by

in

धनुषा — जनकपुरको बिन्धीमा विद्यालयको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट ५ जना घाइते भएका छन् ।
जनकपुरको बिन्धीमा विद्यालय बसले ठक्कर दिँदा १ को मृत्यु, ५ घाइते

जनकपुर-जलेश्वर सडकखण्डको बिन्धीमा प्र २-०२-००१क ०४३१ नम्बरको एन्जल्स स्कुलको बसले ठक्कर दिंदा अन्दाजी ३०/३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा १ बच्चासहित ५ जना महिला घाइते भएका छन् । प्रादेशिक अस्पताल जनकपुरमा घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । विवाहको विधि गर्न माटो लिएर आउँदै गरेको समूहलाई स्कुल बसले ठक्कर दिएको हो । दुर्घटनापछि स्थानीय बासिन्दाले बसमा तोडफोड गरेका छन् ।