काँकडभिट्टामा ६ जना स्थानीय सशस्त्रको खुकुरी प्रहारबाट घाइते

by

in

विराटनगर । झापाका सशस्त्र प्रहरीको खुकु्री प्रहारबाट ६ जना घाइते भएका छन् । शुक्रबार राति मेचीनगरको गैरीगाउँका ६ जना स्थानीयमाथि सशस्त्र प्रहरीले खुकुरी प्रहार गरी घाइते हो ।

तस्करी नियन्त्रण गर्ने विषयमा भएको विवादमा शुक्रबार राति ८ बजे सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका सशस्त्र प्रहरीका कोट मास्टर र चालकले खुकुरीले हानेको स्थानीयले दाबी गरेका छन् ।

खुकुरी प्रहारबाट दीपा बातर, हरि बातर, विशेष राजवंशी, मिलन चापागाईं, दीपक बाँतर र आनन्द यादव घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बीएन्डसी अस्पताल विर्तामोड लगिएको छ । काँकडभिट्टास्थित नेपाल–भारत सीमाको ९०२÷९०३ नम्बर सीमा स्तम्भ नजिक घटना भएको हो ।