रुखबाट लडेकी बाजुरा बडिमालिका ३ की लक्ष्मी टिचिङको आइसियुमा, कमजोर आर्थिक अवस्थाका परिवारले गरे सहयोगका लागि अपिल

by

in

काठमाडौं। बाख्रालाई घाँस काट्ने क्रममा रुखबाट लडेकी बाजुरा बडिमालिका ३ निवासी लक्ष्मी खड्काको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको आइसियुमा रहेकी छिन्। कमजोर आर्थिक अवस्थाको परिवारले उपचारका लागि आर्थिक सहयोग आव्हान गरेको छ।
बिज्ञापन

बाख्रापालन गरेर जिविकोपार्जन गर्ने वीरबहादुर खड्काकी ४५ वर्षीया श्रीमती लक्ष्मी चार दिनअघि बाख्रा चराउन गएको समयमा रुखबाट लडेकी हुन्। उनको जिल्ला अस्पताल बाजुरा, सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार हुन नसकेर काठमाडौं पुर्याइएको हो।

अहिले शिक्षण अस्पतालको सघन उपचारकक्षमा रहेकी उनको शल्यक्रिया समेत गर्नुपर्ने हुनसक्ने चिकित्सकले बताएका छन्। जसका लागि आर्थिक जोहो गरिराख्न भनेको उनका छोरा पदमराज खड्काले बताएका छन्। चिकित्सकले भनेअनुसारको रकम जोहो गर्न आफू असमर्थ रहेकाले सहयोग गरिदिन हुन उनले अनुरोध गरेका हुन्।

सहयोगका लागि उनका छोरा पदमराज खड्काको नाममा रहेको एनआइसी एशियाको खाता नं 114575143729100 उनको फोन नम्बर 9865882324 मा सम्पर्क गर्न सकिनेछ।