डडेल्धुराको भातकाडा चौकीमा कार्यरत एक प्रहरी हवल्दार रुपन्देहीमा मृत फेला

by

in

डडेल्धुराः डडेल्धुराको भातकाडा प्रहरी चौकीमा कार्यरत एक प्रहरी हवल्दार रुपन्देहीमा मृत अवस्थामा फेला परेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–६ का भुपेन्द्र ठकुल्लालाई माघ २९ गते बुटवल उपमहानगरपालिका–७ स्थित शिवनगर सामुदायिक वनमा प्रहरीले मृत अवस्थामा फेला पारेको थियो।

cp
एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेका उनी जंगलमा खान नपाएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। मृतक ठकुल्लाको उनका दाइ लाल ठकुल्लाले सनाखत गरि लाश बुझि सकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।