मलेसियाबाट भिडियो कलमा आमालाई समुन्द्र देखाउँदै गर्दा खसेर बेपत्ता एक नेपाली मृत भेटिए

by

in

कुआन्तान । मलेसियाको तेलुक टोङ्काङ समुद्री किनारमा भिडियो कल गर्ने क्रममा चट्टानी क्षेत्रबाट खसेर बेपत्ता भएका एक नेपाली मृत फेला परेका छन् । उनको डुबेर मृत्यु भएको हो ।

कुआन्तान जिल्ला प्रहरी प्रमुख सहायक कमाण्डर वान मोहम्मद जाहारी वान बुसुले सोमबार साँझ ५ः५० बजे २२ वर्षीय गणेश रानाको बेपत्ता भएको खबर प्राप्त भएको पुष्टि गरेका छन् । बेपत्ता भएका रानाका साथीले बताए अनुसार घटनाका बेला उनीहरु समुन्द्रको चट्टानी क्षेत्रमा बसिरहेका थिए । उनी समुन्द्रमा खसेका आमा र बहिनीले भिडियोमा नै देखे ।

रानाले साँझ ४ः३० बजे आफ्नो बहिनीको मोबाईलमा भिडियो कल गरे । भिडियोमा आमालाई क्यामेरा घुमाएर समुन्द्र देखाउँदै थिए । बहिनी र आमाले भिडियो हेरिरहेका बेला उनी चट्टानी क्षेत्रबाट समुन्द्रमा खसे । बेपत्ताको तत्कालै खोजी भयो तर राति भएको र मौसमपनि प्रतिकुल भएकाले त्यो दिन उनलाई फेला पार्न सकिएन । यो दुखद खबर आफूलेपनि जानकारी पाएपछि बेपत्ताको खोजीलाई तिव्र पार्न यहाँको सरकारसँग समन्वय गरेको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल जानकारी दिए ।

रानाको शवको खोजी तत्काल सुरु भएपनि प्रतिकुल मौसमका कारण एक्कासी रोकिएको थियो । भोलिपल्ट अकल्पनीय घटना दुखद बन्यो, उनको शव १८ किलोमिटर टाढा पन्ताई सेपाटमा फेला पर्यो।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *