झापाको खुदुनाबारीमा १३ वर्षीया बालिकाले जन्माइन् सन्तान

by

in

बिर्तामोड, फागुन १ । झापाको अर्जुनधारा–३ स्थित अमलडाँगीकी ज्योति दर्जीले १३ वर्षको कलिलो उमेरमै सन्तानलाई जन्म दिएकी छन् ।

यही वर्ष प्रेम विवाह गरेकी बालिका दर्जीले गए राति मात्र सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

उनी गए राति १०ः१४ मा खुदुनाबारी स्वास्थ्या चौकी भर्ना भएकी थिइन् । २०६६ साल चैतमा जन्मिएकी ज्योतिले २ केजी २ सय ग्रामको छोरीलाई जन्म दिएको स्वास्थ्य चौकी खुदुनाबारीका प्रमुख डम्बर बल्लभ मिश्रले जानकारी दिए ।

बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो भएकाले डिस्चार्ज समेत गरिसकेको मिश्रले बताए । ज्योतिका पति १८ वर्षीया किशल लाम्गादे भने स्थानीय क्रसर उद्योगमा काम गर्दै आएको बताइएको छ ।

ज्योतिसहित खुदुनाबारी स्वास्थ्य चौकीमा यसै आर्थिक वर्षमा मात्र १६ जनाले बच्चा जन्माएको प्रमुख मिश्रले जानकारी दिए । कानुनले बाल विवाहलाई बर्जित गरे पनि अज्ञानका कारण नेपालमा बाल विवाह रोकिएको छैन ।