७ वर्षीया दिक्षालाई ब्रेन ट्युमरकै उपचारमा सहयोग गरिदिन अपिल

by

in

दाङ : शान्तिनगर गाउँपालिका ६ देविपुरका ७ वर्षीया दिक्षा पुन यति जीवन र मरण दोसाँधमा ब्रेन ट्युमर रोगसँग लडिरहेकी छन् । अझै पनि राम्रोसँग संसार बुझ्न नसकेकी दिक्षा रोगसँग लडिरहेकी छन् । दिक्षाकी बुवा गोपाल पुन र आमा कल्पना पुन छोरी बचाउन दिनरात औषधी उपचार र भगवानसँग प्रार्थना गरिरहेका छन् ।

छोरीको उपचारमा हाल सम्म १२ लाख जति खर्च भइसक्यो । आर्थिक स्थिति कमजोर रहेको पुन परिवारलाई छोरीलाई ब्रेन ट्युमर भएपछि बज्रपात परेको छ । घरको धन सम्पत्ति, सुनचाँदी बेचेर, ऋण कर्जा गरेर हाल सम्म उपचार गराइरहेकी भएको छ । तर ,हिले पैसा जुटाउने अवस्था नभएपछि पुन परिवारले सहयोगको अपिल गरेको छ ।

भर्खर ७ वर्षकी छोरीलाई उपचारमा सहयोग गरिदिन पुन परिवारले आग्रह गरेको छ । सबैको आर्थिक सहयोग पाएपछि उपचार गरेर निको बनाउन सकिने आशा गरेका छन् । सहयोग गर्न चाहनेहरूले दिक्षाको बुवा गोपाल पुनको फोन नं. ९८६६२३१७४५ र शान्तिनगर – ६ का वडा अध्यक्ष शेर बहादुर भण्डारीको फोन नं. ९८५७८२५२०६ मा सम्पर्क गरि सहयोग गर्न आग्रह गरिएको छ ।