दिलीप महतो हत्या प्रकरणमा धनुषा जिल्ला अदालतकै फैसला उच्च अदालतद्वारा सदर

by

in

दिलीप महतो हत्या प्रकरणमा उच्च अदात जनकपुरले जिल्ला अदालतकै फैसला हुबहु सदर गरेको छ । उच्च अदालतका न्यायाधीश द्वय महेन्दनाथ उपाध्याय र ध्रुवकुमार पियाको संयुक्त इजलासले जिल्ला अदालत धनुषाकै फैसला हुबहु सदर गरेको हो ।

दिलीप हत्या प्रकरणमा १२ फागुन २०७८ मा जिल्ला अदालत धनुषाले मुख्य योजनाकार विपीन महतो र मुख्य सहयोगी मुनिन्द महतोलाई २५–२५ वर्ष कैद र पाँच–पाँचल रुपैयाँ क्षतिपुर्ति वापत जरिवाना हुने फैसला गरेको थियो ।
यस्तै घटनाका मतियार बनेको आरोपमा जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र अढाई लाख रुपैयाँ क्षतिपुर्ति बापत जरिवाना गरेको थियो । विपीन चुरियामाई बालुवा प्रशोधन उद्योगका संचालक हुन् ।

३ फागुनमा जिल्ला अदालते विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर गरेको थियो भने विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई अदालतले सफाइ दिइएको थियो ।

धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका दिलीपको २५ पुस २०७६ मा घरभन्दा पाँचसय मिटर पर रहेको औरही खोलामा हत्या भएको थियो । बिहानै ४ बजे खोलामा भइरहेको उत्खनन भइरहेको थाहा पाएपछि बन्द गराउन पुगेका दिलीपको क्रुरतापूर्वक हत्या भएको थियो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *