कञ्चनपुरमा अर्को काण्ड : महिला हवल्दारमाथि हातपात, इन्सपेक्टर बिनुले केरकार गर्दा एसपीको संरक्षण

by

in

तेज बोहरा, धनगढीः जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा दरबन्दी रहेकी एक महिला सहायक प्रहरी हवल्दार माघ १० गते महेन्द्रनगरको होटेल ओपेरा क्षेत्रमा ड्युटीमा थिइन्।

साँझ साढे ७ बजेको समयमा भारतीय नम्बरको मोटरसाइकल र नेपाली नम्बरको मोटरसाइकल आपसमा ठोक्किए।

दुर्घटनाको कारण थियो, सडकको बीचमा रहेको बिएसी ६७२० नम्बरको गाडी बीच सडकमा पाकिङ्गमा राखिएको थियो।

गाडी धनी थिए, तेजबहादुर चन्द। चन्द कञ्चनपुरका नाम चलेकै व्यापारी हुन्। ड्युटीमा रहेकी ती महिला प्रहरीले बीच सडकमा रहेको गाडी हटाउन अनुरोध गरिन्।

गाडी हटाउनुको साटो उल्टै चन्दसहितका व्यापारीले उनको मजाक उडाए। त्यति मात्रै होइन, व्यापारी चन्दले ड्युटीमा रहेकी ती प्रहरीको हात समेत समाउन भ्याए।

उनको हात समाउँदै ‘एसपीको गाडी हो, एसपीकोमा लैजान्छु’ भनेर गाडीमा हाल्न खोजे। तर, ती प्रहरीले सेटमार्फत जिप्रका कञ्चनपुरमा खबर गरिन्।

एक घण्टा सडकको बीचमा रोकिएको गाडीको विषयमा कञ्चनपुर प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कमल थापा समेत जानकार थिए।

तर, एसपी थापाले आफ्नै प्रहरी कर्मचारीमाथि भएको घटनाको बारेमा चासो दिएनन्। प्रहरीको मोबाइल टोली आएर महिला कर्मचारीलाई जिल्ला बोलाइएको थियो।

‘मलाई बिनु शाहीले बोलाउनुभयो। म भित्र गए। मलाई घटनाको बारेमा भिडियोमा बोल्न लगाउनुभयो,’ उनले भनिन्, ‘व्यापारी चन्द नाता पर्ने हो, घटना अगाडि नबढाउन भन्नुभयो। मलाई साथ दिनु भएन। उल्टै व्यवसायीको पक्षमा उहाँहरू लाग्नुभयो।’

एसपी थापा र प्रहरी निरीक्षक (इन्सपेक्टर) शाहीका कारण सडकमा हातपात हुँदा पनि न्याय नपाएको उनको गुनासो छ।

१६ वर्षदेखि जनताको सेवामा तल्लीन रहेकी ती प्रहरीले जीवनमा पहिलोचोटि आफूमाथि अन्याय भएको बताइन्।

उनी भन्छिन्, ‘मैले बीच सडकमा रहेको गाडी हटाउन मात्र भनेको थिए। हातपात भयो। तर, मेरो जिल्लाका हाकिमहरूले उल्टै उहाँको संरक्षण गर्नुभयो।’

सत्य तथ्य छानबिनको माग गर्दा ‘रिजाइन्’ दिन दबाब

जनताको सेवामा तल्लीन ती प्रहरी सहायक हवलदार केही समयअघि उत्कृष्ट कर्मचारी समेत घोषित भएकी थिइन्।

तर, ड्युटीमा रहँदा हातपात हुँदा समेत न्याय नपाउँदा उनले आफूमाथि अन्याय भएको बताएकी छन्। माघ १० को घटनालाई लिएर आफूभन्दा सिनियर कर्मचारीले अहिलेसम्म तनाव दिने गरेको उनी बताउँछिन्।

न्याय नपाएको भन्दै प्रदेश प्रहरी प्रमुखसम्म गुनासोसहित गएपछि राजीनामा दिन दबाब आएको उनले सुनाइन्।

न्यूज सेयर गर्दा स्पष्टीकरण

बाजुरामा कार्यरत प्रहरी जवान नरेन्द्र नाथलाई इन्सपेक्टर बिनुले यातना दिएको महेन्द्रनगर पोष्टले प्रकाशन गरेको समाचार ती प्रहरी हवल्दारले सत्यतथ्य छानबिन हुनुपर्ने भन्दै न्यूज सेयर गरेकी थिइन्।

तर, माघ १० को विषयलाई लिएर तनाव झेलिरहेकी उनलाई कारबाही गर्न क्लू खोजीरहेकी इन्सपेक्टर बिनु र एसपी थापालाई सहज भएको छ।

इन्सपेक्टर शाहीको विषयमा सामाजिक सञ्जालमा लेखेकाले उनलाई कारबाहीका लागि स्पष्टीकरण सोधिएको छ।

एसपी थापाको प्यारी भएकी इन्सपेक्टर बिनुलाई बचाउन एसपी थापाले अनेक गतिविधि गरिरहेको बताइन्छ।

एसपी थापा ती सहायक प्रहरी हवलदारलाई कारबाही हुने बताउँछन्। इन्सपेक्टर बिनुका विषयमा सामाजिक सञ्जालमा लेखेकाले उनलाई कारबाहीका लागि स्पष्टीकरण सोधिएको उनको भनाइ छ।

‘कारबाही हुन्छ। प्रहरीकोविरुद्ध स्टाटस लेख्नु भएको छ। हाम्रो मिडिया नीति हुन्छ। उहाँले स्टाटस लेख्नुभएको छ,’ उनले भने।

र, यो पनिः ‘विवादित’ इन्सपेक्टर बिनुको समाचार लेख्नेलाई कारबाही गर्ने कञ्चनपुर प्रहरीको चेतावनी

कञ्चनपुरकी ‘काण्डवाली’ इन्सपेक्टर बिनु पहिले पनि परेकी थिइन् कारबाहीमा

कञ्चनपुरमा ‘काण्ड’ मच्चाउने इन्सपेक्टर बिनुका ‘कर्तुत’बारे सीडिओ कार्यालयमा उजुरी

कञ्चनपुर प्रहरीको कस्टडीभित्रै छिर्छ अवैध सामान, प्रहरी के हेरेर बस्छ ?

कञ्चनपुरकी ‘काण्डवाली’ इन्सपेक्टर बिनु भन्छिन्: रमाइलो लाग्यो !

इन्सपेक्टर ‘बिनु’को अर्कोकाण्ड: ज्यादती भएपछि जवानको ‘रिजाइन्’

कञ्चनपुरमा पुलिस थुनाभित्रै कुटिन्छन् थुनुवा, इन्सपेक्टर बिनुको गोलमटोल जवाफ

कञ्चनपुरमा पत्रकार कुट्ने यी ३ इन्सपेक्टर र एक असई कारबाहीमा


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *