शरीर तताउन रातमा आगो र दिनमा घाम पर्खन्छन् विपन्न बालबालिका

by

in

चिसो बढेसँगै बाजुरा जिल्लाको पूर्वीउत्तरी भेग जगन्नाथ गाउँपालिका– ४ का दलित तथा विपन्न बालबालिका चिसोको मारमा परेका छन् । आर्थिक अभावकै कारण कठ्याङ्ग्रिँदो चिसोमा एकसरो लुगा लगाएर बस्न बाध्य छन्।

एकसरो पातलो लुगा लगाएर आफ्नो पाँच भाइबहिनी खेलाइरहेकी जगन्नाथ गाउँपालिका– ४ दलित टोलकी वर्ष १३ वर्षीया वसन्ती ढोली आर्थिक अवस्था कमजोर भएकै कारण आफू र आफ्ना पाँच भाइबहिनी एकसरो लुगा लगाएर चिसोमा बस्न बाध्य भएको बताउँछिन् ।असोज १६ गते गएको भूकम्पले घरमा क्षति भएपछि बस्नका लागि वाससमेत नभएको उनले बताइन् ।

ad
शरीरमा लगाउने कपडा र रातिमा ओड्ने–ओछ्याउने लुगा नहुँदा रातभर आगो बालेर बस्न बाध्य भएको उनले गुनासो गरिन् । बिहान उज्यालो हुनेबित्तिकै गाउँनजिकैको उज्याली डाँडामा पुग्ने र दिनभरि घाम तापेर शरीर न्यानो बनाउने गरेकाे वसन्ती ढोलीले बताइन्।

साँझ–बिहानको छाक टार्न बुबाआमा बिहान साहुको घरमा काम गर्न जाने भएकाले पाँच भाइको हेरचाह गर्ने जिम्मेवारी आफ्नो रहेको वसन्तीले सुनाइन् ।

ad
वसन्तीका बुबा कालो ढोलीले ६ जना बालबालिका, आफू र श्रीमती गरी आठजनाकाे परिवार रहेको बताए । ढोलीले आफूसँग कमाइ खानालाई जग्गा नभएको दुखेसो गरे । ‘बस्नलाई सानो कच्ची घर थियो त्यो पनि यही असोज १६ गते गएको भूकम्पले पूर्ण क्षति बनायो,’ उनले भने ।