नापी कार्यालयका प्रमुख सवार गाडी दुर्घटनाग्रस्त ,१० जना घाइते

by

in

बारा । सर्लाहीको मलङ्गवा स्थित नापी कार्यालयका प्रमुख सहित १० जना सवार भारतीय गाडी दुर्घटनाग्रस्त भएको छ । मलङ्गावा नगरपालिका -१० गम्हरियामा विआर ०६ पिडी ९६४८ नम्बरको सफारी गाडी दुर्घटना हुँदा १० जना घाईते भएका हुन् ।
– Advertisement –
neelamb

घाइते हुनेमा नापी कार्यालयका प्रमुख संजय माननधर सहित बैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, विनाेद घिमिरेे, शाहिद अनवर, रामबाबु राय रहेका छन् ।

घाइतेहरु लाई प्रादेशिक अस्पताल मलङ्गवाबाट बिरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । मलंगवाबाट नवलपुर तर्फ आउदै गरेकाे जिप उखु बाेकेर साेही दिशा तर्फ आउदै गरेकाे ट्याक्टर पछाडि ठाेक्किएकाे थियाे । दुर्घटनामा परेकाे गाडी क्षतिग्रस्त अवस्थामा छ ।