सब-इन्जिनियर रमिताको निधन

News

काठमाडौँ । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-५ लयाँटी घर भएकी सब-इन्जिनियर रमिता रावलको निधन भएको छ ।

नेपालगन्ज महानगरपालिकामा कार्यरत रावलको क्यान्सरका कारण मृत्यु भएको हो । उनी लामो समयसम्म क्यान्सर रोगबाट पीडित थिइन । रावललाई पाठेघर र आन्द्राको क्यान्सर थियो ।

नेपाल र भारतका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराई रहेकी रावलको आज बिहान निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *