विद्यार्थी भिसामा जापान पुगेका २२ वर्षीय युवराजको हृदयघातबाट निधन

by

in

जापानको नागोया शहरमा अध्ययनरत नेपाल लमजुङ जिल्ला घर भएका एक बिद्यार्थीको असामयिक निधन भएको छ । दोर्दी गाउँपालिका-६, छोटेखोला घर भइ नागोया सहरमा बस्दै आएका २२ वर्षीय युवराज तामाङको हृदयघातका कारण निधन भएको हो ।

जनवरी ३१ तारिखका दिन बिहान ७ बजे युवराजको निधन भएको अस्पतालले जानकारी दिएको हो ।

जापानमा एउटै कलेजमा पढ्दै आएका तामाङका साथिका अनुसार राति मोबाइल हेरिरहेका युवराज एक्कासि असहज अवस्थामा भएको थाहा पाएपछि खबर गरेको र अन्य साथीहरुले मिलेर अस्पताल लगेका थिए ।

विद्यार्थी भिसामा २०७९ कात्तिक २७ गते जापान पुगेका युवराज नागोया सहरस्थित नेनपाकु कुमा बस्दै इक्सास जापानी भाषा विद्यालयमा पढ्दै आएका थिए । मृतक तामाङको परिवारको चाहना अनुसार युवराजको शव नेपाल पठाउन पहल भइरहेको बताइएको छ ।

मृतक तामाङको परिवार हाल लमगुङ् बेंसीसहर बस्दै आएका छन । परिवारमा बुवाआमा, एक जना दिदी र एक जना दाइ रहेका छन् ।