हेटौंडामा टिपरको ठक्करबाट हरिको ज्यान गयो !

by

in

हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सालक पार्कबाट चौघडातर्फ आइरहेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई चौघडाबाट गइरहेको मधेश प्रदेश ०३ ००१ ख ७९०३ नम्बरको टिपरले ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्युु हुनेमा हेटौंडा १६ जुरेथुम बस्ने हरी पनेरु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतककी पत्नी अर्चना पनेरू घाइते भएकी छिन् । उनलाई उपचारका लागि हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेको छ । शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।